Birat Expo 2026 | 17/12/2026 10:00 am | Degree Campus, Biratnagar

लगानी प्रवद्र्धन र निर्यात विस्तारका लागि नीतिगत सुधारमा जोड

October 13, 2026

Programs
लगानी प्रवद्र्धन र निर्यात विस्तारका लागि नीतिगत सुधारमा जोड Download

२०८३ असोज २६, विराटनगर
संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहबर अन्सारी र उद्योग संगठन मोरङको कार्यसमिति बीच औद्योगिक विकास, लगानी प्रवद्र्धन तथा निर्यात विस्तारका विषयमा छलफल भएको छ ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले नयँ लगानी आकर्षित र लगानी विस्तारका लागि उद्योगमैत्री नीतिगत व्यवस्था आवश्यक रहेको बताउनु भयो । उहँले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गर्न, औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकता दिन तथा उद्योगी व्यवसायीको मनोबल बढाउन आग्रह गर्नुभयो ।

संसदीय समितिका सभापति रहबर अन्सारीले उद्योग तथा व्यवसाय क्षेत्रका समस्या, उत्पादन लागत र लगानीको वातावरणसंग सम्बन्धित विषयहरू औद्योगिक विकासका दृष्टिले महत्वपूर्ण रहेको बताउदै उद्योगी व्यवसायीले प्रस्तुत गरेका सुझाव तथा समस्यालाई अध्ययन गरी सुधारका लागि आवश्यक पहल गर्ने वताउनु भयो ।

संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले विभिन्न कारणले वन्द भएका उद्योगलाई पुनः सञ्चालन गर्ने अवसर सहितको नीतिगत व्यवस्था हुनसके लगानीको वातावरण सुधार भई उद्यमशीलता संरक्षणमा समेत सहयोग पुग्ने विचार व्यक्त गर्नु भयो ।

संगठनका पूर्व अध्यक्ष सुयश प्याकुरेलले नेपाली उद्योगको उत्पादन क्षमता विस्तार गरी निर्यातमुखी औद्योगिकीकरणलाई प्राथमिकतामा दिई छिमेकी मुलुकको ठूलो बजारमा प्रतिस्पर्धी आपूर्तिकर्ताका रूपमा नेपाली उद्योगलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छाले उद्योग स्थापना तथा सञ्चालनका क्रममा देखिने प्रक्रियागत जटिलता न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । अर्का उपाध्यक्ष विपिन कावराले औद्योगिक विकासका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेको औल्याउनु भयो ।

छलफलमा उद्योगीहरूले बढ्दो उत्पादन लागत, विद्युत् महसुल, औद्योगिक पूर्वाधारको अवस्था, नीतिगत जटिलता र निर्यात प्रवद्र्धनका चुनौतीहरूको वारेमा समितिको सभापतिको ध्यानाकर्षण गराउदै नीतिगत सुधारका लागि ध्यानाकर्षण गराउनु भएको थियो ।