07 Jun 2025, Saturday
07 Jun 2025, Saturday
उद्योग संगठन मोरङको आयोजना तथा राष्ट्रिय उर्जा दक्षता केन्द्रको समन्वयमा मिति २०८२ जेठ १ गते, Industry 4.0 का लागि ऊर्जा दक्षताको सान्दर्भिकता बिषयमा कार्यशाला भएको छ । उद्योगहरूलाई Industry 4.0 को लागि आवश्यक डिजिटल उपकरण, अनुगमन प्रणाली र डेटामा आधारित निर्णय प्रक्रियासंग परिचित गराउने, ऊर्जा दक्ष अभ्यास र डिजिटल प्रविधिहरूको सम्बन्धबारे छलफल गर्ने उदेश्यका साथ आयोजित सो कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठानका संचालक, व्यवस्थापक तथा प्राविधिकहरुको उपस्थिती रहेको थियो ।